टिपरले ठक्कर दिँदा डाक्टरको मृत्यु
मोरङ | भदौ १२, २०८०

मोरङको उर्लाबारीमा टिपर र मोटरसाइकल जुध्दा एक जना चिकित्सकको मृत्यु भएको छ।
दुर्घटनामा सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पूर्व(पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई बिहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो। डाक्टर यादव पूर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। टिपरले यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।
‘लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६:५० मा मृत घोषणा गरे’, डिएसपी दाहालले भने।
उनका अनुसार टिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल ...
काठमाडौं: सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गु...
पोखरा: पोखरामा विषालु च्याउ खाँदा तीन जना बिरामी भएका छन् । पोखरा महानगरपालिका तितेपानी स्थित रहेको जंगलमा रहेको जंगली विषालु च्याउ खाँदा बिरामी परेका हुन् । विषालु च्याउ खाँदा बिरामी हु...