नवलपरासी पूर्व चालीसकिलोमा ट्रक दुर्घटना हुँदा १७ वटा भैँसी/पाडा मरे

नवलपरासी | भदौ १२, २०८०

नवलपरासी पूर्व चालीसकिलोमा ट्रक दुर्घटना हुँदा १७ वटा भैँसी/पाडा मरे

नवलपरासी:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । 

 

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

 

दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसीरपाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल ...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गु...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा विषालु च्याउ खाँदा तीन जना बिरामी भएका छन् । पोखरा महानगरपालिका तितेपानी स्थित रहेको जंगलमा रहेको जंगली विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।  विषालु च्याउ खाँदा बिरामी हु...

थप पढ्नुहोस्