तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
पाेखरा | भदौ १०, २०८०

पोखरा: बुहारी समुह पोखरा – ३ तेसापट्टिको आयोजनामा शनिवार निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोग तथा विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा।लि र पोखरा महानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो । पोखरा महानगरपालिकाको तेर्सापट्टि स्थित श्रीवन्त किर्ति बिहारमा आयोजित शिविरमा करिब चार सय बढीको स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासले यस प्रकारका शिविरहरुले महिलाहरुको प्रजनन् स्वास्थ्यमा ब्यापक सुधार ल्याउन सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले जनताको आवश्यकता र चाहानालाई बुझेर आफूले काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्थानीय सरकारसँगको सहकार्यमा कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्दै अब छिट्टै वडा सँग मिलेर अन्य कार्यक्रमहरु गर्ने अपेक्षा रहेको बताउनुभयो ।
त्यस अवसरमा पोखरा महानगरपालिका वडा नं ३ का सचिव चन्द्रावती वाग्ले, नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारी, विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा।लिका श्रीबिद्या कायस्थ लगायतले बोल्नुभएको थियो ।
बुहारी समूहका अध्यक्ष निलम उदासको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एलिशा श्रेष्ठले स्वागत र सचिव ज्योती उदासले संचालन गर्नुभएको थियो ।
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...
दैलेख: भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...