प्रतिभाका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बचाएको रकमले आश्रमलाई सहयोग

पाेखरा | भदौ ३, २०८०

प्रतिभाका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बचाएको रकमले आश्रमलाई सहयोग

पोखरा: पोखरा नदिपुरस्थित प्रतिभा माविका विद्यार्थी शनिबार महतगौंडा स्थित पोखरा वृद्धाश्रम पुगे । हजुरबुवा हजुरआमालाई नचाए र,आफ्नो खाजा खर्च कटाएर बचत भएको रकमले किनेका सामाग्री हस्तान्तरण गरे । 


विद्यालयमा गठित क्रियटिभ माइण्डस् क्लबका विद्यार्थीले मानवीय सेवाको कार्य गरी पुण्य मिलेको महसुस गरेका छन् । क्लबका अध्यक्ष सिद्धान्त खनालका अनुसार विद्यार्थीहरुले बचत गरेको ७० हजार रुपैंया बराबरको फलफूल, खाद्यान्न, कपडा लगायतका आवश्यक सामाग्री किनेर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थी केन्द्रित गतिविधि गर्दै आइरहेको क्लबले सामाजिक भावले ओतप्रोत भई आज ज्येष्ठ नागरिक भइसक्नुभएका आमाबाबाको लागि सहयोग गर्ने भावना जागृत भएको देख्दा अत्यन्त हर्षविभोर बनेको बताए । विद्यालयले संस्थागत रुपमै अबका वर्षदेखि वार्षिक २५ हजार रुपैंया वृद्धाश्रममा प्रदान गर्ने घोषणासमेत प्राचार्य सापकोटाले गरे । 


विद्यार्थीहरुले बृद्धा बाआमासँग आशिर्वाद लिँदै मनोरञ्जन समेत आदान प्रदान गरे । वृद्धाश्रमका सञ्चालक सदस्य धर्मराज रेग्मीले वृद्धाश्रमका बारेमा विद्यार्थीहरुलाई अवगत पनि गराए । हाल वृद्धाश्रममा २६ जना आमाहरु र २२ जना बुवाहरु आश्रित रहेको उनले जनाए ।


क्रियटिभ माइण्डस् क्लब, प्रतिभा माविले गण्डकी प्रदेश स्तरीय साइन्स क्वीज, वक्तृत्वकला प्रतियोगिता, ट्राफिक सचेतना लगायतका अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिसकेको छ । 

काठमाडौं:   नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ।   विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएक...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक ।   जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो ।   आन्तरिक र बाह्य प...

थप पढ्नुहोस्

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ ।   जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि ...

थप पढ्नुहोस्