बुहारीलाई कुटपिट गर्ने ससुरा पक्राउ
बर्दिया | साउन ३२, २०८०
बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् । आज बिहान सार्वजनिक स्थल सडकमा बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सोही आधारमा घटना यथार्थ भएको पाएपछि नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्याएका थिए । बुहारीलाइ हात र लात्ती
बेहोस हुनेगरी कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो ।
कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिला माथी पनि आक्रमणको प्रयास गरेका थिए थिए ।
प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् । यस अघिपनि मदिरा पिएर कुटपिट गरेक प्रमिलाले बताइन् । उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो ।
इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले मदिरा पिएर बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका खुलासा भएको बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

