बाढी-पहिरोले ६ वटा सडक अवरुद्ध , ४२ वटा एकतर्फी सञ्चालनमा
पाेखरा | साउन २९, २०८०

काठमाडौ: काठमाण्डौसँग जोडिएको मुग्लिन(नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।
तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ ।देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा छन् ।
तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको मौवासे खोलामा, बालाजु–त्रिशूली–धुन्चे –स्याफ्रुबेसी सडक र मध्यपहाडी राजमार्ग अन्तर्गत डडेलधुरा रडुवा खण्डमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...