आदिवासी जनजाति महासंघ गण्डकीले भन्यो– शाहको सालिक ससम्मान पार्कमा छ, लखनचोकमा विवाद नगर्नुस्

पाेखरा | साउन २९, २०८०

आदिवासी जनजाति महासंघ गण्डकीले भन्यो– शाहको सालिक ससम्मान पार्कमा छ, लखनचोकमा विवाद नगर्नुस्

पोखरा:  पछिल्लो समय विवादित बनेको लखनचोकको विषयमा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश र तमु धि नेपालले सँयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ ।

 

यसअघि पृथ्वीनारायण शाहको सालिक पोखरा महानगरपालिकाले निर्माण गरेको विभुती पार्कमा ससम्मान व्यवास्थापन भइसकेको बताउदै सहिद लखन थापाको विषयमा विवाद नगर्न चेतावनी दिएको हो ।

 

महासंघ गण्डकीका अध्यक्ष धर्म बहादुर गुरुङ र गुरुङहरुको छाता संगठन तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङद्वारा हस्ताक्षरित सँयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावनामाथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं’ ।
 

 

यस्तो छ सँयुक्त विज्ञप्ति

 

प्रकृति र सँस्कृतिले सुन्दर शहर पोखरा । परिवर्तनका लागि भएका आन्दोलनले सुन्दर शहर पोखरामा रहेका हिजोका राजा महाराजाहरुका सालिकहरु ढालिए, चोकहरु बेवारिसे जस्तै बने ।

 

यहि परिवेशमा देश र जनताका लागि नेपालका पहिलो सहिद लखन थापाको सालिक स्थापित गरियो, सामुदायिक सँस्कृतिलाई सम्मानका लागि तमु ह्युल चोक लगायत धेरै चोकहरुमा सालिकहरु निर्माण गरिए । सडक विस्तार र ट्राफिक व्यवस्थापनलाई सहजताका लागि चोकहरुका घेरा साँघुरो बनाउने कार्य पनि भयो ।
     

यसैबीच पोखरा महानगरपालिकाले सहिद÷विभुतिहरुलाई ससम्मान व्यवस्थित गर्ने भनि पोखरा १८ जामुनबोटस्थित पार्कमा तत्कालिन बडमहाराज पृथ्वीनारायण शाहको सालिक निर्माण गरिसकेको छ ।

 

लथालिङ्गैको अवस्थामा रहेको पृथ्वी चोकमा प्रथम सहिद लखन थापाको सालिक स्थापित गरी चोकको नामसमेत लखनचोक नामाकरण गरिसकेकोमा केही समय अघिदेखि बारम्बार लखनचोकमा षडयन्त्रमुलक ढंगले समस्या उत्पन्न गराउने गतिविधी भइरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।

 

पहिचान र स्वाभिमानी  आन्दोलनबाट स्थापित सालिकहरु स्थानान्तरण गर्ने पोखरा महानगरपालिकाको निर्णयप्रति घोर आपत्ति जनाउदछौं । बरु सालिकहरुलाई यथास्थानमै व्यवस्थित र सुसज्जित गर्न पोखरा महानगरपालिकालाई अनुरोध गर्दछौं ।  
     

नेपाली जनताको लामो बलिदानी आन्दोलनबाट आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अग्रगतिमा लम्कनुपर्नेमा परिवर्तनको मर्मलाई आत्मसाथ गर्न नसकेको हो कि भन्ने आशंकाहरु उब्जिएका छन् । जनताका प्रतिनिधिहरुले देश र जनताले चाहे अनुसार परिवर्तनको महसुस गराउन नसकेको गुनासोहरु छन् ।

 

व्यवस्थाहरु फेरिए पनि अवस्था उस्ता उस्तै देखिएको छ । यसैबीच आज विभिन्न रुप धारण गरेर संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि नियोजित रुपमा प्रहार भइरहेको छ । पोखरामा पटक पटक सालिकको नाउँमा समस्या उत्पन्न गराइरहने, अस्थिरता निम्त्याउदै संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि औला ठड्याउनेहरु प्रति होशियार रहन आग्रह गर्दछौं ।
     

अन्त्यमा, तत्कालिन बडामहाराज पृथ्वीनारायण शाहको सालिक विभुति पार्कमा ससम्मान स्थापित भईसकेकाले प्रथम सहिद लखन थापाको सालिक रहेको चोकलाई बारम्बार विवादित नगराउन हुन अनुरोध छ ।
 

पुनश्चः आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावना माथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं ।

 


 

काभ्रेपलाञ्चोक:     गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन ...

थप पढ्नुहोस्

पोखरा:    पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०...

थप पढ्नुहोस्

काठमाडौं:    परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।  विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमो...

थप पढ्नुहोस्