राष्ट्रिय सभामा दलीय आधारमा धारणा राख्दै सांसदहरू
काठमाडाैं | साउन २६, २०८०

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राखेका छन्।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिएका हुन्। सुरूमा गंगाकुमारी बेल्वासे बोलेकी छन्। उनले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्न आग्रह गरेकी छन्।
‘सरकारमा हुँदा विघटन गर्ने, विपक्षमा हुँदा अवरोध गर्ने के तरिका हो योरु,’ माओवादीकी सांसद बेल्वासेले एमालेतर्फ लक्षित गर्दै भनिन्। नेकपा एमालेका सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा बैठक पनि पटकपटक अवरोध गर्दै आएका थिए। एमाले सांसद भगवती न्यौपानेले सदन अवरोधबारे विभिन्न ढंगले कुरा उठ्ने गरेको बताइन्।
‘विगतमा कुर्सी उचालेको इतिहास पनि देखिएकै हो, हामी त्यो ढंगले प्रस्तुत भएको छैन,’ उनले भनिन्, ‘कहिले राष्ट्रियतामाथि धावा बोलिँदै गर्दा त्यसका विरूद्ध सदन अवरोध गरियो, कानूनमाथि धावा बोल्दा आवाज उठाइएको छ। हाम्रा आवाज बेवास्ता गर्दा बाध्य भएर सदन अवरूद्ध गरिन्छ। यो रमाइलोका निम्ति गरिरहेको छैन, रहरका लागि पनि अवरोध गरेको होइन।’
उनले देशलाई तस्करीको अखडा बनाउन नहुने बताइन्। विभिन्न प्रकरणमा सरकारका मन्त्रीहरू संलग्न छन् भन्ने कुरा आइरहेको पनि उनले बताइन्। ‘प्रश्नहरूका चाङमा मन्त्रीहरू उभिइरहनुभएको छ,’ उनले भनिन्।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...