छापा मारेर प्रहरीले पक्रियो चितुवाको छालासहित दुई जनालाई
काठमाडाैं | साउन १९, २०८०

छापा मारेर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो २ बजे धनगढीको बोराडाडीको एक होटलमा किनबेच गर्न लागिएको अवस्थामा चितुवाको छाला बरामद गरिएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको सादा पोसाकमा खटिएको टोलीले छालासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका–१२ का १७ वर्षीय गोविन्द भट्टराई छन्। उनीहरूले ३ लाख ५० हजार रुपैयाँमा चितुवाको छाला किनबेच गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा आवश्यक कारबाहीका लागि पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
काठमाडौं: काठमाडौंमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये नौ जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न...
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ। स्वास्थ्य तथा...
काठमाडौं: जेन–जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा ५ जनाले ज्यान गुमाएका छन् । संसद् भवन नयाँबानेश्वर परिसरमा पस्न खोज्दा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जनाको ज्यान गएको हो ...