साइनिङ स्टारमा नवआगन्तुक विद्यार्थीको स्वागत
पाेखरा | साउन १८, २०८०
पोखरा: लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमका विच स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाई मात्र प्रयाप्त नहुने बताउनुभयो । उहाँले अबका विद्यार्थीहरुले देशमै सम्भावनाको खोजी गर्नुपर्नेम जोड दिंदै समाजले आफ्नों उपस्थितीको आवास गर्नसक्ने गरि काम गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका डा.सन्तोष कोइरालाले जिवनपयोगी शिक्षाका बारेमा चर्चा गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीहरुले दृढ संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुलाई शिक्षासंगै सामाजिक, साँस्कतृतीक लगायत विविद्य पक्षमा अग्रसर बन्दै जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो । एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्यानका लागि यहि विद्यालय रोजेका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्ने विद्यार्थीको चाहना विद्यालयले पुरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरु किस्मत सर्मा, चाहना शाह, सञ्जय, प्रविना लगायतले कार्यक्रममा सहजिकरण गरेका थिए ।
विद्यालयका संस्थापक बविता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, नेपाली विषय शिक्षक मानबहादुर थापा लगायतले विद्यालयका गतिविधीबारे चर्चा गर्नुभएको थियो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

