मिस नेपाल बनिन् प्रियंका
काठमाडाैं | असार ४, २०७९

काठमाडौं : काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि जितेकी छिन् ।
ललितपुर गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् ।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए साथै फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।
कोभिड (१९ महामारी) ले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।
द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...