एनआरएनए जापानको कोषाध्यक्षमा दिपक सुनार निर्वाचित

पाेखरा | साउन १५, २०८०

एनआरएनए जापानको कोषाध्यक्षमा दिपक सुनार निर्वाचित

पोखरा:    एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन् । 


गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औं अधिवेशनमा निउरे अध्यक्षमा निर्वाचित भएका छन् । 


एनआरएनए जापानको उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भए । यस्तै महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी निर्वाचित भएकी छिन् । 


११ अधिवेशनबाट महासचिवमा  टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचित भए । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध चयन भएकी थिइन ।


यस्तै कोषाध्यक्षमा भने दिपक सुनार निर्वाति भएका छन् । उनी कार्यसमितिको निवर्तमान सह–कोषाध्यक्ष हुन् । यस्तै सह–कोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन । महिला सह कोषाध्यक्षमा अन्जुभण्डारी यस अघिनै निर्विरोध चयन भएकी थिइन ।


यस्तै महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् ।


सदस्यमा दिनेश लोहनी,कृष्ण प्रसाद कँडेल,नेत्र प्रसाद पाण्डे, धुव्र गौतम,रामु कँडेल,बिनय गुरुङ,ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्