जसपाकी नेतृ गुरुङ राप्रपा प्रवेश
पाेखरा | साउन १२, २०८०
पोखरा: जनता समाजवादी पार्टीका महिला नेतृ बुद्धिकुमारी गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी (कास्की क्षेत्र नं २) गुरुङ जसपा परित्याग गरी आज (शुक्रबार) राप्रपा प्रवेश गरेकी हुन् ।
उनलाई राप्रपामा राप्रपा गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री माननीय पञ्चराम गुरुङ र राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले पार्टीमा स्वागत गरे ।
सो अवसरमा पूर्व मन्त्री गुरुङले राजनीतिक सफलताका लागि शुभकामना व्यक्त गर्दै नयाँ शिराबाट राजनीतिमा होमिनुपर्नेमा जोड दिएका थिए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

