पत्रकार अधिकारीमाथिको दुर्व्यवहारप्रति प्रेस सेन्टरको आपत्ति
पाेखरा | साउन १२, २०८०

पोखरा: प्रेस सेन्टर नेपाल कास्कीले पोखरा महानगरपालिका ६ लेकसाइडस्थित माया थकाली भन्छा घर एण्ड रेष्टुरेन्टका सञ्चालकले पत्रकार हेमराज अधिकारीलाई गरेकोे अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।
प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै होटल व्यवस्थापनले पोखरामा क्रियाशिल पत्रकार तथा फेवा खबर डटकमका सहसम्पादक हेमराज अधिकारी लगायत फेवा खबर टिममाथि अभद्र व्यवहार गरेको भन्दै माफि माग्नुपर्ने बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘रेष्टुरेन्टमा खाना खाने क्रममा अखाद्य वस्तु (स्टिलका टुक्रा) भेटिएपछि सोको भिडियो क्यामेरामा कैद गरी सञ्चालक विशाल चौधरीलाई जानकारी गराउने क्रममा सञ्चालक चौधरीले सञ्चार समाग्री तोडफोडको प्रयास गर्दै अपशब्द बोल्दै अभद्र व्यवहार गरेको घटनाले स्वतन्त्र प्रेसमाथि प्रहार गरेको ठहर छ ।’
यस्तै सेन्टरले प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको घटनामा पत्रकारलाई नै दोषारोपण गरेकाले पत्रकारितामाथि हस्तक्षेत्र भएको ठहर गरेको छ ।
‘प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको अभद्र व्यवहारको घटनामा उल्टै पत्रकारलाई नै भिडियो किन खिचेको भनेर प्रश्न गरिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ दुर्व्यवहारको घटनामा संलग्नलाई सचेत गराउँदै माफी माग्न र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धताका लागि सम्बन्धित पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।
यद्यपी विज्ञप्तीमा क्षमायाचना मात्रै भनिएपनि पत्रकारहरुले होटल सञ्चालक तथा प्रहरीलाई कानूनी कारवाही गर्नुपर्ने बताएका छन् ।
काठमाडौं: पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि ...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित द...
काठमाडौं: समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय,...