बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन

कालीकोट | असार ४, २०७९

बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन सांकेतिक तस्बिर

कालीकोट :      कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षाले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । 

 

खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले  स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण सङ्कलन गरेको वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिनुभयो । 

 

   “मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ”, उहाँले भन्नुभयो, “२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पुर्याउनाका साथै दुई पक्की पुल,  छ वटा बाख्रा र एक भैँसी बगाएको छ ।”

    

प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पुर्याएको, गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतको  धानको बीउ पनि पुरेको उहाँले  जानकारी दिनुभयो । क्षतिको सम्पूर्ण विवरण सङ्कलन गरी विपद् न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा नं ८का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिनुभयो । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्