सडक निर्माणका लागि तीन करोड विनियोजन

काठमाडाैं | असार ४, २०७९

सडक निर्माणका लागि तीन करोड विनियोजन सांकेतिक तस्बिर


काठमाण्डौँ :    सङ्घीय सरकारले जिल्लाका पाँच सडकलाई प्राथमिकता दिएको छ । आगामी  आर्थिक वर्षमा काम सक्नेगरीे सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँच सडकका लागि बजेट विनियोजन गरेको हो । 

    

जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि रु ५० लाख, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडकका लागि रु ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि रु ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि रु ५० लाख र सतबाँझ–श्रीभावर सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको हो । 

    

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यी सडक निर्माण गरिने बताइएको छ । यसअघि सङ्घीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो । पाटन नगरपालिकाका लागि रु ४९ करोड ३६ लाख, दशरथचन्द नगरपालिकाका लागि रु ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि रु ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि रु ३८ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । 

    

यस्तै गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदारका लागि रु ३८ करोड ९० लाख, डिलाशैनीका लागि रु ३६ करोड ४४ लाख, पञ्चेश्वरका लागि रु ३० करोड ८४ लाख, सिगासका लागि रु ३२ करोड ३७ लाख, सुर्नयाका लागि रु ३२ करोड ४० लाख र शिवनाथका लागि रु २५ करोड ९९ लाख विनियोजन गरिएको छ । 

जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह छन् । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्