पाँचथरकाे फिदिममा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, १३ जना घाइते
पाँचथर | साउन ९, २०८०
पाँचथर: पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो ।
घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

