काठमाडौं: प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ । प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हमास प्रमुखको मृत्यु ‘न्यायिक’ भएको बताउनुभएको छ। “हमासले इजरायलका लागि निम्त्याएको खतरालाई निर्मूल पार्नुपर्छ,” अर्को महिना हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमाक्र्याटिक उम्मेदवार ह्यारिसले भन्नुभयो, “परिणामस्वरुप विश्वले सुरक्षित महशुस गर्न सक्नेछ र पीडितका परिवारले राहत महसुस गर्नेछन्।” इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ । आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।” मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो । टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ । सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।” सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।
चितवन: चितवनमा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ । यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताउनुभयो । चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उहाँले बताउनुभयो । रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।
सहिद सरोजप्रसाद कोइराला नयाँ पुस्तामाझ सायदै चिनिनुभयो । तर नेपालको राजनीतिक इतिहासमा उहाँको नाम एक क्रान्तिकारी योद्धाका रुपमा जीवित छ । नयाँ राजनीतिक पुस्ता उहाँ र उहाँको योगदानबारे खासै परिचित नभए पनि उहाँको राजनीतिक अनि सामाजिक जीवनलाई इतिहास मूल्याङ्कन गरेको छ । पिता भैरवप्रसाद कोइराला र मनोरमादेवीको कोखमा १९८५ सालमा जन्मिनुभएका सरोजप्रसाद कोइराला नाताले बिपी कोइरालाका भतिजा हुनुहुन्थ्यो । उहाँका पिता भैरवप्रसाद कृष्णप्रसाद कोइरालाका जेठा दाजुका छोरा हुनुहुन्थ्यो । राजनीतिमा समकालीन कार्यकर्ताहरूले उहाँलाई ‘सरोजबाबु’ भनेर सम्बोधन गर्थे । नेपालको राजनीतिक इतिहासमा आफैँमा कोइराला परिवार एउटा क्रान्तिकारी राजनीतिक परिवार हो । यो परिवारका हरेक सदस्यहरूले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा अतुलनीय योगदान गर्नु भएको छ । यही परिवारका केही पुस्ता अहिले पनि नेपाली राजनीतिको शीर्षस्थानमै हुनुहुन्छ । जहाँनिया राणा शासकहरूसँग विद्रोह गरेका कारण कोइराला परिवारको आधा पुस्ता निर्वासित जीवनमै रह्यो । त्यो हिसाबले सारोजप्रसाद कोइरालाको प्रारम्भिक शिक्षादीक्षा पनि भारतको बनारसमै भएको थियो । नेपालमा जहाँनिया राणा शासन अनि भारतमा अङ्ग्रेज शासनविरुद्ध आन्दोलन चलिरहेका बेला जन्मिनुभएका उहाँ कलिलै उमेरदेखि राणा शासकविरुद्ध लाग्नुभएको थियो । बनारसको हरिश्चन्द्र हाइस्कुलमा पढ्दै गरेका सरोजप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनार्थ सङ्गठित लडाईं लड्नका लागि नेपाली छात्र सङ्घको सदस्यता लिनुभएको थियो । २००३ माघमा कोलकातामा भएको नेपालीको एउटा भेलाले राष्ट्रिय काँग्रेसको स्थापना गरेको थियो । उद्देश्य र लक्ष समान भएपछि नेपाली छात्र सङ्घ पनि राष्ट्रिय काँग्रेसमै समाहित भयो । अहिलेको नेपाली काँग्रेसको प्रारम्भिक जग पनि त्यही राष्ट्रिय काँग्रेस नै हो । खासगरी राणाविरुद्ध अन्तिम लडाईं लड्ने उद्देश्यका साथ काँग्रेसको जन्म भएको थियो । त्यसमा जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । सरोजप्रसाद कोइराला पनि राणाविरुद्धको त्यो क्रान्तिमा उहाँहरूसँगै होमिनुभयो । राष्ट्रिय काँग्रेसले आफ्नो पहिलो आन्दोलनका रुपमा बिराटनगर जुटमिलमा मजदूर बिद्रोह गरेको थियो । मजदूरहरूको हक अधिकारलाई लिएर थालिएको त्यो आन्दोलनको खास उद्देश्य चाहिँ राणा शासकहरूलाई चेतावनी दिनुथियो । त्यो आन्दोलनको नेतृत्व तत्कालीन युवा नेता गिरिजाप्रसादले गर्नु भएको थियो । आन्दोलन चर्किएपछि राणा शासकले त्यसलाई दबाउनका लागि काठमाडौँबाट ठूलो सङ्ख्यामा सेनाको फौज पठाएको थियो । त्यो आन्दोलनका क्रममा बीपी, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गहेन्द्रहरि शर्मा र युवराज अधिकारी पक्राउ पर्नुभयो । त्यसको विरोधमा मजदूरहरूले सहर र सडकमा निस्केर आन्दोलनलाई झन् चर्काए र आन्दोलन दबाउन गएको सेनाले गोली चलाउँदा केही आन्दोलनकारीको मृत्यु भयो, केही घाइते भए । अब आन्दोलन बिराटनगर मात्रै होइन, देशका विभिन्न जिल्लामा फैलिन थाल्यो । त्यसैक्रममा सरोजप्रसाद कोइरालाले जनकपुर क्षेत्रको आन्दोलनको नेतृत्व गर्नुभयो । त्यसक्रममा उहाँलगायत थुप्रै आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । केही समयपछि उहाँहरू छुट्नुभयो । तर क्रान्तिकारी जोश ओइलाएको थिएन । उहाँ फेरि राणा शासनविरुद्ध सक्रिय भएर लाग्नुभयो । फेरि राण शासकले उहाँहरूलाई २००४ साल कात्तिकमा पक्राउ गरेर जलेश्वर जेलमा थुनेर राख्यो । उहाँ जेलमै कैद हुनुहुन्थ्यो । यता काँग्रेसले राणाविद्ध अन्तिम सङ्घर्ष सुरु गरेको थियो । २००७ कात्तिक २६ गतेदेखि नेपाली काँग्रेसले राणाविरुद्ध निर्णायक आन्दोलन प्रारम्भ ग¥यो । त्यो आन्दोलनमा सहभागी हुन नपाएकामा जेलभित्रै सरोजप्रसाद कोइराला छट्पटाइरहनु भएको थियो । त्यो छटपटाहटमा उहाँले जेलमै रहेका साथीहरूसँग मिलेर जेलै फोडेर निस्कनुभयो । त्यसपछि फेरि आन्दोलनमा होमिनुभयो । आन्दोलनका क्रममा त्यो बेला नेपाली काँग्रेसले हतियार उठाइसकेको थियो । काँग्रेसका क्रान्तिकारी योद्धाहरू अर्थात मुक्ति सेनाहरूले विभिन्न ठाउँमा रहेका सैनिक र प्रहरीका अड्डाहरू कब्जा गरिरहेका थिए । त्यसैक्रममा मुक्ति सेनाले जनकपुर पनि कब्जा ग¥यो र महेन्द्रनारायण निधिको नेतृत्वमा समानान्तर ‘जनसरकार’ गठन भयो । त्यो जनसरकारमा यातायात मन्त्रीको जिम्मेवारी सरोजप्रसाद कोइरालालाई थियो । यसरी नेपालमा २००७ सालको क्रान्ति सफल भएको थियो । त्यसपछि राणा र काँग्रेस मिलेर अन्तरिम सरकार बनाएका थिए । त्यसको आठ वर्षपछि अर्थात् २०१५ सालमा पहिलोपटक आमचुनाव भयो । त्यो बेला नेपाली काँग्रेसले बहुमत ल्यायो र बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । तर नेपालमा प्रजातन्त्र लामो समय टिक्न सकेन । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जनताबाट प्रजातन्त्र खोसे । जननिर्वाचित प्रधानमन्त्री बिपीसमेत कैयौं नेताहरूलाई जेल हाल्ने क्रम सुरु भयो । कठीन सङ्घर्ष गरेर राणा फालेका नेपालका प्रजातन्त्रप्रेमी नागरिक फेरि राजाको निरङ्कुश पञ्चायतविरुद्ध लड्नुपर्ने अवस्था आयो । यो लडाईंको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको थियो । अनि त्यसको एउटा योद्धा सरोजप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध खासगरी युवा र अझ तराईं मधेसका नागरिकलाई सचेत बनाउँदै सङ्घर्षमा गोलबद्ध गर्नु भएका सरोजप्रसाद कोइराला त्यो बेला पञ्चायती शासक र प्रशासकको आँखाको तारो बन्नुभएको थियो । उहाँहरू कहिले भारत र कहिले नेपालका सिमानाका जिल्लाहरूमा लुकिछिपी पञ्चायती शासकविरुद्ध आन्दोलन गर्दै आउनुभएको थियो । त्यही क्रममा २०३० साल कात्तिक २ गते साँझपखको अँध्यारोमा गोली हानेर उहाँको हत्या गरियो । आन्दोलनकारीका अनुसार दरवारकै इशारामा उहाँलाई पेशेवर निशानावाजहरूले गोली हानेका थिए । यसरी प्रजातान्त्रिक लडाईं लड्दालड्दै उहाँ सहिद हुनुभयो । आन्दोलन मात्रै होइन, नेपाली काँग्रेसको जग निर्माणमा पनि उहाँको बिछट्टै योगदान छ । काँग्रेसको सङ्गठन निर्माणका लागि उहाँले जनताको घरघरमा पुगेर अभियान चलाउनु भएको थियो । तराईलाई नेपाली काँग्रेसको ‘गढ’ बनाउन उहाँको अद्वितीय भूमिका देखिन्छ । राजनीति सँगसँगै उहाँले धेरै सामाजिक कर्महरू पनि गर्नुभएको थियो । त्यो बेला समाजमा कैयांै असमानता र भेद्भावहरू थिए । खासगरी खेती गरिखाने किसानहरू धेरै नै पीडित थिए । खेती लगाउने धेरैजसो जमिन जमिन्दारसँगै हुन्थ्यो तर खेत खोत्ने किसानहरू यति शोषित हुन्थे कि उब्जिएको अन्नबालीको १० भागमा तीन भाग मात्रै किसानले पाउँथे । यस्तो शोषण र असमानता अन्त्य गर्न सरोजप्रसाद कोइरालाले ‘खडेबटैया आन्दोलन’ सुरुवात गर्नुभएको थियो । यो आन्दोलन देशभर नै फैलिएको थियो । यसबारेमा जमिन्दारहरूले शासकहरूलाई कुरा लगाउन थालेका थिए । त्यही बेला उहाँले ‘माथिल्लो जात’बाट भेद्भावको शिकार भएका दलित समुदायलाई माथि उठाउने कार्यको पनि थालनी गर्नुभएको पाइन्छ । दलितलाई समान अधिकारका लागि उहाँले जातीय विभेद्विरुद्ध सबै जातले छोएको पानी खुवाउने अभियान चलाउनु भएको थियो । यसले पनि तत्कालीन समाजमा ठूलै हलचल ल्याएको थियो । समाज सुधारका कतिपय आन्दोलन त्यो बेला बिपी कोइरालाका लागि पनि प्रेरणा भए । २०१६ सालमा बिर्ता, बेठबेगारी प्रथा उन्मूलन गरेको थियो । नेपाली जनताले प्रत्यक्ष दैनिक जीवनमा अनुभूति गर्न सक्ने गरी भएको समाज सुधारको पहिलो कदम थियो त्यो उन्मूलन । बिर्ता र बेठबेगारी प्रथा उन्मूलन गर्न उहाँले निकै योगदान गर्नुभयो । त्यो प्रस्ताव पारित गर्नका लागि बिपी कोइरालालाई अन्तिम समयसम्म सहयोग गर्ने एकजना पात्र सरोजप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । राजनीति कुनै पद र प्रतिष्ठा प्राप्तिका लागि मात्रै होइन भन्ने मान्यता राख्ने सरोजबाबुले सधैंँ राजनीति जनताका लागि हो भन्ने ठान्नुहुन्थ्यो । राजनीतिमा यति क्रान्तिकारी, निष्ठावान र बलिदानी भावले भरिएको नेता कमै मात्र जन्मिएका छन् । स्मृति दिवसमा सहिद सरोजबाबुप्रति हार्दिक श्रद्धा सुमन ।
काठमाडौं: वैदेशिक रोजगारीमा जानेको संख्या ४.८५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा कुल एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा एक लाख ६२ हजार ६९४ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा थप सात हजार ८९९ जनाले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला गरी कुल भदौ ५७ हजार ४९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत भदौ महिनामा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला गरी कुल ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ । असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ महिला गरी कुल ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ को साउनमा ४७ हजार ८५० पुरुष र सात हजार ७२५ महिला गरी कुल ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । सोही वर्षको भदौमा ४४ हजार १९७ पुरुष र ६ हजार ६८७ महिला गरी कुल ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्षको असोजमा ४९ हजार ३९८ जना पुरुष र ६ हजार ८३७ जना महिला गरी ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु १८ करोड लागतमा छवटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०÷८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो । सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।
तुलसीपुर: दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताउनुभयो । सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष उहाँले बताउनुभयो । महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ । मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताउनुभयो । सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ । तीमध्ये सात प्रजातिका सर्प विशालु भेटिएका छन् ।
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ । प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ । आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।” मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो । टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ । सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।” सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।
काठमाडौं: नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो । अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन् । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ६४ रनको योगफल बनाएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । अर्का खेलाडी दीपेन्द्रले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए भने गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडेका थिए । अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले एक–एक विकेट लिए । अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।