पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद दिएकी छन् । असहज अवस्थामा पनि शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई कार्कीले धन्यवाद दिएकी हुन् । निर्वाचन सम्पन्न भएपछि कार्कीले दिएको अन्तरवार्ताको केही अंश प्रस्तुत छ:   निकै असहज परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो। आज निर्वाचन गराउन सफल हुनुभयो। कस्तो लागेको छ?   प्राप्त जिम्मेवारी पूरा गर्न सकेकामा खुसी त लाग्ने नै भयो । म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर म एक्लैले यो सम्भव भएको होइन ।   सिंगो मन्त्रिपरिषद्को मेहनत लागेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका छ । खास गरी हाम्रो आह्वान स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुहुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभएको हो ।   निर्वाचन सम्पन्न गर्नुअघि मुख्य रूपमा के कस्ता चुनौतीको सामना गर्नुभयो?   चुनौती र बाधा अवरोधहरू धेरै थिए। मुख्य चुनौती सुरक्षाको थियो। एकीकृत निर्वाचन सुरक्षा योजना ल्याइयो। त्यो प्रभावकारी पनि भयो।   सफलतासाथ शान्ति कायम गर्न सम्भव भयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासन सबैका बीचमा समन्वय पनि राम्रोसँग भयो। सबैले एउटै राष्ट्रिय भावनाका साथ काम गर्नुभयो।   उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ। सहिद परिवार तथा घाइते योद्धाहरूको संयम र समझदारीलाई पनि यहाँनिर बिर्सन मिल्दैन। उहाँहरूप्रति उच्च सम्मान छ।   निर्वाचनलाई लिएर सुरुदेखि नै आशंकाहरु गरिएको थियो। निर्वाचन नै हुँदैन, यो सरकारले गर्न सक्दैन भनिएको थियो। कसरी सम्भव तुल्याउनुभयो ?   तपाईँहरूलाई थाहै छ, कस्तो असहज र अनिश्चयपूर्ण अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ? तर हामीलाई आत्मविश्वास थियो काम गर्न सक्छौँ भन्ने । लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ । चुनौती भए पनि हामी आफ्नो जिम्मेवारी अनुकूलको काम गर्दै गयौँ ।   हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ। निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ ।   चुनौतीहरू धेरै सामना गर्नुपर्‍यो । हामीलाई दलहरूले नै अयोग्य भनेकै हुन् । जेनजीका केही व्यक्तिले पनि औँला उठाएकै हुन् । तर हामीले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ ।   रक्तपात नहोस्, कुनै अप्रिय घटना नहोस्, शान्त र अनुशासित रूपमा निर्वाचन होस् भन्ने लागेको थियो। सभ्य हिसाबमा होस् भन्ने थियो। चुनावमा हिंसा हुनुहुँदैन भन्ने पहिलो दिनबाटै भनेको हो । हाम्रो प्रयास नै त्यसैमा रह्यो।   कसले के भन्छ भनेर हामीले त्यस्ता कुरा सुन्दै सुनेनौँ। हामीले काम मात्र सोच्यौँ। हामीले हाम्रा लागि गरेका पनि होइनौँ। मुलुक र जनताका लागि गरेका हौँ। सिंगो मुलुकको साथ पनि पाइयो।   निर्वाचन गराउने सन्दर्भमा अझै केही राम्रो गर्न सकेको भए हुन्थ्यो भन्ने लागेको छ ?   विदेशमा भएका र अन्तरजिल्ला मतदान गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ। खर्चमा हामीले मितव्ययिता अपनायौँ। अझै कम गर्न सकिन्थ्यो । तर भदौ २३ र २४ को घटनाका कारण धेरै साधन नयाँ किन्नुपर्‍यो। तैपनि यो निर्वाचन निकै नै सभ्य अनि अनुशासित रूपमा सम्पन्न भएको छ ।   आगामी जनप्रतिनिधि र सरकारलाई के भन्न चाहनुहुन्छ ?   मुलुकका समस्याप्रति सबै जानकार छन्। सबैले समस्या देखेका छन् तर तिनको समाधानमा इमानदार प्रयास आवश्यक छ। जेनजीले उठाएका मागहरू छन्। तिनको सम्बोधन गर्नुपर्छ। जस्तो कि देशमा सुशासन होस्, स्वदेशमै बस्न पाइयोस्। यहीँ काम पाइयोस्। भ्रष्टाचार, विभेद र पक्षपात नहोस्। विदेशमा लास बनेर फर्किनुपर्ने अवस्थाको अन्त्य होस्।   देशभित्रै गुणस्तरीय शिक्षा पढ्न पाउन् युवाले। संविधानसम्मत मौलिक हकको अक्षरशः पालना होस्। हामीले के गर्न खोजेका थियौँ, के सम्भव भयो, के अधुरो रह्यो र के काम के कारणले सम्भव हुन सकेन भन्ने विषयमा श्वेतपत्र नै छाडेर जान्छौँ। ताकि आगामी सरकारलाई मार्गदर्शन होस्।   गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन के हुन्छ अब?   आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले अहिलेको आयोगको मात्र होइन, अरू पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ। ताकि जनताले थाहा पाउन्।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए ।  ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।   इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।   तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।   अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।   फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।   इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ ।   को हुन् खामेनी ?   ८६ वर्षीय यी इस्लामिक विद्वान नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका छन् । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका हुन् ।   खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।   इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी । उनको ३ जुन १९८९ मा निधन भएको थियो ।     खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।   आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरेका छन्, जसमा कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन समावेश छन् ।   उनले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका छन्, जसमा इजरायललाई पनि उस्तै प्रमुख शत्रुको रूपमा हेर्ने गरिन्छ ।

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्रि बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।    फागुन २० गते दिउँसो भने यातायात सञ्चालन हुने छन् । २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू सञ्चालन हुने महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिए।   २० गतेका रात्रि बसहरूको टिकट नकाटिएको पनि उहाँले बताए ।   एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुने छन् ।     सञ्चार गृहलगायत अन्य सवारीसाधन भने निर्वाचन आयोगबाट पास लिएर चल्न पाउने छन् ।

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ ।   हरेक वर्षको फागुन १५ गते मनाइदैं आएको मगर एकता दिवस मगर जातिसँग सम्बन्धित बाँजागाजासहित र्याली निकालेर मगर दिवस मनाएको हो ।   नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रमको र्याली मानव अधिकार चोकबाट सुरु भई न्यूरोड, सभागृह हुँदै रंगशालास्थित मगर संघको भवनमा पुगेर सभामा परिणत भएको थियो ।   र्यालीमा नेपाल मगर संघ कास्कीमा आबद्ध ३० वटा इकाई समितिभन्दा बढी समाजको सहभागी दिए ।   एकताको सन्देशसहित आज देशका विभिन्न स्थानमा एकसाथ मगर एकता दिवस मनाइदैँछ ।   थप तस्बिरहरु:-              

पोखरा:    नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले अव्यवस्थित र सुकुम्बासीसम्बन्धी समस्या सधैंका लागि समाधान गर्न आफूले संसद्मा पुगेर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।    पोखरा–३२ मा बुधबार आयोजित घरदैलोमा उनले वर्षौंदेखि भोगचलन गरेको जमिन आफ्नो नाममा हुन नसक्नु दुःखद भएको बताए ।   ‘अझै पनि सेतो लालपुर्जा हुने, कतिको स्रेस्ता नबनेको अवस्था छ,’ उनले भने, ‘यसलाई समाधान गर्न संसद्मा स्पष्ट कानुन बनाएर यो सदाका लागि हल गर्नुपर्छ भन्ने कुरा ग्राउण्डमा काम गरेको, यस्ता वस्तीमा जाँदा मलाई जानकारी छ ।’   आफू विजयी भएपछि निर्वाचनमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने उनले सुनाए ।   गगनगौंडा हुँदै मालमूल आउँदा खुदीखोलामा पुल बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।   पक्की र व्यवस्थित पुल बनाउन घोषणापत्रमा योजना समावेश गरिएको अधिकारीले सुनाए ।   आफूले निर्वाचन जित्ने र ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न उनले मतदातालाई आग्रह गरे ।  अधिकारीसहित एमालेको टोली बिहीबार पोखरा–३१ मा घरदैलोमा जाने तालिका छ । 

पोखरा:   प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले तत्कालीन सरकारबाट आफुलाई ठेस लागेका कारण चुनावमा होमिन बाध्य भएको बताएका छन् ।   पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।    पुनले शिक्षासम्बन्धी अध्यादेश ल्याउन सम्बन्धित पक्षसँग पहल गरेपनि अस्वीकार गरेपछि राजिनामा दिन बाध्य भएको उल्लेख गरे ।    ‘गर्न खोजेको कुरा त्यहाँ गर्न सकिन । ठेस लाग्यो अनिमात्र म चुनाव लड्ने निर्णय गरेको हो, उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभाथ्यो महावीरजीले दुई चारवटा कानून बनाउन खोज्नुभाथ्यो रिसाएर जानु भो तर म रिसाएर गाको होइन ठेस लागेको हो । ठेस लागेकोलाई रिसाएको भन्न मिल्दैन ।’   उनले ल्याउन चाहेको शिक्षासम्बन्धी अध्यादेश माघ ४ गते अघिनै आउने सकेको भए आफु चुनावमा होमिन नपर्ने सुनाए ।    ‘यदी मैले ल्याउन खोजेको त्यो अध्यादेश माघ ४ गते अघि आएको भए म चुनावमा आउनै पर्थेन, उनले भने, ‘संसदबाटै त्यो कानून अगाडी लैजान पर्ने भएर नै म अघि सरे ।’   उनले आफु नेता बन्न र राजनीति गर्न नभई समाजसेवा गर्न चुनावमा होमिएको स्पष्ट पारे ।    ‘म कसैसँग प्रतिस्पर्धा गर्न, राजनीति गर्न र नेता बन्न संसद भवन छिर्न खोजेको होइन, समाजसेवा गर्न र अहिले नआएको शिक्षासम्बन्धी अध्यादेश ल्याउन संसद छिर्न लागेको हो’, उनले भने । तर, प्रधानमन्त्री शुशिला कार्कीले भने शिक्षासम्बन्धी अध्यादेश छोटो समयमै ल्याउन नसकिने भन्दै प्रष्ट पारेकी थिइन् ।   सोही अध्यादेश जारी हुने सम्भावना नदेखेपछि चुनावमा होमिएको पुनले दोहोर्याए ।   

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको हाे ।   उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताए ।   दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया  प्रमेश्वरी महतो र उहाँका ४ वर्षीय छोरा जेसन महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।   उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।   नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान दिने अपेक्षा गर्नुभयो ।   ‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन् ।’ उहाँले भन्नुभयो – ‘यसका लागि परिवार, विद्यालय र राष्ट्र तीनै तहबाट समानरूपमा सहयोग आवश्यक छ । बालबालिकाको विचार सुन्ने, उनीहरूको जिज्ञासालाई सम्मान गर्ने, गल्तीलाई सिकाइको अवसरका रूपमा लिन मद्दत गर्ने संस्कृति विकास गर्न जरुरी छ ।’     बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको बताउँदै उहाँले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आफै गर्व महसुस गर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो – ‘हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई पहिचान गरी तिनलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।’ बालबालिकाको प्रतिभालाई बुझ्ने, मूल्यांकन गर्ने र प्रोत्साहन दिने वातावरण बनाउन अब ढिलाई गर्न नहुने बताउँदै उहाँले विद्यालयहरु बालबालिकाको सिर्जनशीलताको सहजीकरणमा बढी सजग हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।       बुधबारदेखि मंसिर २६ गतेसम्म पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा एनप्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीहरुबीच सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामाग्री र अंग्रेजी वक्तृत्वकला लगायतका कार्यक्रम हुँदैछन् ।  

पोखरा:   गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।