पोखरामा बिएका परीक्षार्थीलाई ‘टुरिज्म’को सट्टा ‘भारतीय इतिहास’ सोधियो, आघा घण्टामै बाहिरिए विद्यार्थी
पाेखरा | साउन ८, २०८०
पाेखरा: त्रिभुवन विश्वविद्यालयअन्तरगत आज बिए तेस्रो वर्षका विद्यार्थीलाई ‘टुरिज्म डेभलपमेन्ट’को प्रश्नपत्र बाँडिएपनि सोधिएका प्रश्नहरु सबै भारतीय इतिहासको परेको छ ।
त्रिवि अन्तरगत इलेक्टिभ पेपरको परीक्षामा विद्यार्थीहरुलाई पर्यटन विकासकै प्रश्न भनेर उल्लेख गरिएपनि समूह ‘क’ र ‘ख’ दुबैमा भारतीय राजनीति र इतिहासबारे सोधिएका १२ प्रश्न छन् ।
पृथ्वीनारायण क्याम्पसमा परीक्षा केन्द्र रहेका विद्यार्थीले पाएको प्रश्नपत्रको माथिल्लो भागमा ‘इतिहास’ लेखिएको छ भने त्यसपछि ‘पर्यटन विकासको परिचय’ उल्लेख छ । प्रश्नपत्र हात परेपछि पढ्दै जाँदा विद्यालय रनभुल्ल भएका छन् ।
उनीहरुले परीक्षा हलमा आधा घण्टा बिताएर निस्केका छन् । बाहिरिएर यसबारे जानकारी गराएपछि विषगत प्रश्नपत्र आउने र पुनः परीक्षामा बस्ने सहभागी विद्यार्थीले जनाएका छन् ।

चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

