वानएक्स बेटको प्रचार गरेको आरोपमा राजकुमार प्रकाउ
काठमाडाैं | असार १०, २०८०
काठमाडौं: वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्।
काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमारलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो।
उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ।
यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।
उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

