नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडाैं | असार ९, २०८०

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै तस्बिर फाइल

काठमाडौं:    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुँदैछ ।


समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल पराजित भए बाहिरिनेछ । आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनले हारेको थियो ।


समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् । नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छ । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्