पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुईजना प्रकाउ

पाेखरा | असार १, २०८०

पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुईजना प्रकाउ

पोखरा:   नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पोखरामा दुई युवा प्रकाउ परेका छन् । 


गएको जेठ ५ गते पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई युवालाई आज प्रकाउ गरेको हो । 


नक्कली सुन देखाएर ठगी गरेर फरार भएका सिन्धुली घर भएका ४४ वर्षीय बिमल तामा र मकवानपुर हेटौडा उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पोखरा २६ अघौंचोकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रकाउ गरेको हो । 


प्रकाउ परेका दुई युवाको साथबाट सुन जस्तो देखिने ९९९९ १०० लेखिएको पहेंलो धातु ३ थान, विभिन्न कम्पनीका मोबाईल ३ थान र ५ हजार ४ सय ३५ रुपैयाँसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेका दुवैजनालाई ठगी,अपराधिक विश्वास घात तथा अपराधिक लाभ (एक्सटर्सन)सम्बन्धि मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्