२१ वर्षीया युवतीलाई बलात्कार गरेकाे आरोपमा सोमबहादुर पक्राउ
महोत्तरी | जेठ ३०, २०८०
महोत्तरी: २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङ रहेका छन् ।
उनलाई हिजो (सोमबार) दिउँसो इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
थिङमाथि ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
पक्राउ परेका थिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

