मध्यरातमा किन रोय धरानका मेयर ?
धरान | जेठ ३०, २०८०
धरान: मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् ।
मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्ट राखिएको थियो ।
सोही स्थानमा मध्यराती करिब ४० किलोमिटर दुरी पार गरेर कोकाहाको पानी खसाल्न मेयर साम्पाङ सफल भएका हुन् ।
मेयर साम्पाङ दुई दिनदेखि फिल्डमै थिए । कोकाहाको पानी नल्याई घर नफर्कने वाचा गरेका उनले आइतबार पटनालीमा नै अगुवा श्रमदाताहरुसँग रात विताएका थिए भने हिजो (सोमबार) राती पनि पाइपमा एयर लिक गर्न खटिएका थिए । पकुवामा पानी मध्यराती १२ बजेर ३ मिनेटमा खस्दा मेयर साम्पाङ भने साढे १२ बजेतिर मात्र आइपुगेका थिए ।
पानी खसेको स्थानमा आइपुग्दा मेयर साम्पाङ निक्कै भावुक बने, र केहीबेर रोए । उनले सहयोगी दाता, श्रमदाताहरुलाई धन्यवाद दिदै असम्भव लाग्ने कामलाई सफल बनाएको प्रतिक्रिया दिए । यस्तै, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि धरानले इतिहास रचेको प्रतिक्रिया दिए ।
धरानको वडा नं २० स्थित हात्तिसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुदै ल्याइएको हो । यो अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो ।
राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन् ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

