कास्कीमा चर्पी बनाउँदा भ्रष्टाचार गरेको भन्दै प्रअ पौडेलविरुद्ध मुद्धा
पाेखरा | जेठ २९, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध मुदा दर्ता भएको छ ।
पौडेलले चर्पी निर्माण गर्दा भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।
आर्थिक वर्ष २०६७/०६८ मा विद्यालयको चर्पी निर्माण गर्न रकम निकासा भएको रकम हिनामिना गरेको भन्दै तत्कालीन प्रधानाध्यापक पौडेलविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा विज्ञप्तीमा उल्लेख छ ।
‘रकम बैंकबाट झिकेको तर शौचालय निर्माणका लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक पटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ लाख हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

