डोजर र टिप्पर छुटाउन महानगर पुगे ‘खतिवडा’
पाेखरा | जेठ २४, २०८०
Photo: Sandesh Baral
पोखरा: फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिएको डोजर र टिप्पर छुटाउन व्यवसायी युवराज खतिवडा महानगर पुगेका छन् ।
फेवातालका सिमसार क्षेत्र पुरेको भन्दै व्यवसायी खतिवडाको टिप्पर र डोजर केही दिन अगाडि महानगरको नगरप्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोही डोजर र टिप्पर छुटाउनका लागि खतिवडाले आज (बुधबार) महानगरपालिकामा निवेदन पेश गरेको महानगरका कानूनी सल्लाहकार नारायण शर्माले जानकारी दिए ।
‘व्यवसायी खतिवडाले नियम र कानूनमा रहेर नै काम गरेको भए पनि महानगरले व्यवसायीलाई दुःख दिने उद्धेश्यले डोजर र टिप्पर छुटाई पाउ भनेर निवेदन पेश गर्नुभएको छ’, शर्माले भने, ‘हामीले निवदेन हेर्दै छौं, नियम र कानूनतः छ छैन हेरेर रिर्पोट पेश गर्छाै ।’

उनका अनुसार व्यवसायी खतिवडाको एक डोजर र एक टिप्पर वडा प्रहरी कार्यालय बैदामको समन्वयमा नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त सवारी साधनका चालकलाई भने बैदाम प्रहरीले एक रात हिरासतमा राखेर छाडेको थियो ।
खतिवडाको स्थानीयसँग मिलेर करिब ५ सय रोपनी जग्गालाई माटो थपेर खेतीयोग्ज जमिन बनाउने योजना रहेको थियो । तर कुटी रिसोर्टका सञ्चालक तथा निर्माण व्यवसायी देवेन्द्र केसीले भने सोही क्षेत्रमै प्लटिङ गरिसकेका छन् ।
तस्बिर: गीता रानामगर


काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

