“जलवायु परिवर्तनको न्यूनिकरणसंगै अनुकुलित हुनु सिकौ”

काठमाडाैं | जेठ २४, २०८०

“जलवायु परिवर्तनको न्यूनिकरणसंगै अनुकुलित हुनु सिकौ”

गण्डकी:  विश्वव्यापी रुपमा बढेको जवायु परिवर्तनका कारण वातावरण र प्राणी जगतमा देखिएको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ । 

 

एकाउन्नौ विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वोल्ने वक्ताहरुले जलवायु परिवर्तनको न्यूनिकरणसंग अनुकुलित हुदै अघि बढ्नुको विकल्प नभएको बताएका हुन ।
“प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौ, वातावरण मैत्री विकल्पको उपयोग गरौ” भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताहरुले नकुहिने र जलाउदा विषालु ग्यास उत्सर्जन हुने प्लाष्टिक जन्य सामाग्रीको प्रयोग घटाउने अभियानमा सवै जुट्नु पर्नेमा जोड दिएका थिए । 

 

पोखरा महानगरपालिका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समुह उज्यालो डाँडा काहुमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै समुहले वन र वातावरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।

 

वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नु पर्ने आवश्यकता औल्याउँदै उहाँले वन तथा वातावरण संरक्षणमा सवैसंग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको प्रतिवद्धता समेत व्यक्त गनुभयो ।

 

पोखराबाट नजिकमा अवस्थास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी फुलहरुको डाँडाका रुमा परिणत गरि थप पर्यटकको आकर्षण बढाउने लक्ष्यका साथ गुलमोहर, कल्की, जमारन्दा,टेकोमा, लालिगुरास लगायत विभिन्न जातका ७०० भन्दा बढी विरुवा रोप्ने कार्यक्रम रहेको वन समुहका अध्यक्ष इन्द्रकुमारी आचार्यले जानकारी दिनुभयो । 


५३ घरधुरी उपभोक्ता १७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागि १२ लाख गरि कूल ३२ लाखको लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्कि पर्खाल लगाउने कार्य शुरु भएको उहाँको भनाई छ । 

 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, पोखरा ११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी,वातावरण प्रेमी चन्द्रबहादुर गुरुङ लगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । 

 

डिभिजन वन कार्यालय कास्कीवाट निशुल्क रुपमा उपलव्ध गराईएका विरुवा रोप्ने कार्यक्रममा वन उपभोक्ता सहित विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् विद्यार्थीको वृहत सहभागिता रहेको थियो ।
 

उक्त वन क्षेत्रमा विगतमा गएको ठूलोपहिरोको संरक्षणका लागि बायोइन्जिनियरीङ प्रविधिको प्रयोग सहित वासरोपण अभियान शुरु गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो । 

 

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वृक्षारोपण कार्यक्रमको शुभारम्म गर्दै  नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसवाट वातावरणीय तथा कार्वन सञ्चितिमा महत्वपूर्ण योगदान रहेको  विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा स्थानीय मुरली बाँसका ५०० भन्दा बढी विरुवा रोपिएको थियो ।

 

उक्त पहिरो क्षेत्रमा अघिल्लो बर्ष समेत बाँस, तेजपात लगायतका विभिन्न प्रजातिका ३०० विरुवा रोपिएको थियो । रोपिएका विरुवा मध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो ।

 

विश्व वातावरणका अवसरमा पोखरा सहर तथा आसपासका क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्था लगायतले फोहोर संकलन एवम् व्यवस्थापनसंगै वातावरण सम्वन्धी विविध चेतनामूलक कार्यक्रमको आयोजना गरेको थिए । 
 
 


 

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्