हलमा पुनः फर्कियो हल्कारा, निर्देशक भन्छन्, नसोचेको भईरहेको छ

काठमाडाैं | जेठ १५, २०८०

हलमा पुनः फर्कियो हल्कारा, निर्देशक भन्छन्, नसोचेको भईरहेको छ


काठमाडौँ:  गत बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र हल्काराले उत्कृष्ट प्रतिक्रियाका बाबजुद दर्शकको उपस्थिति न्यून भयो । दोश्रो हप्ता पुग्दा प्रायः हलहरुबाट निस्केको यो चलचित्र सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमाुमा भने साँझ ५ स् ३० बजेको शो चलिनै रह्यो । पुरै दोश्रो हप्ता एक मात्र हलमा चलेको हल्कारा तेश्रो हप्ताको शनिवार सिडिसि सिनेमा कै अर्को हलमा समेत थपियो । यो क्रम अब अर्को चलचित्र हल विश्वज्योती हलसम्म पुगेको छ ।

 

गणतन्त्र दिवसको दिन रिलिजको तेश्रो हप्ताको सोमवारदेखि विश्वज्योती हलमा साँझ ६ बजेको शो थपिएको छ । विश्वज्योती हलका म्यानेजर रविन पौडेलले लगातार सोधिन थालेपछि शो राखेको बताए । उनले भने, विश्वज्योतीबाट पहिले नै उत्रिएको भएतापनि पछिल्ला केहि दिनयता लगातार दर्शकहरुको सोधपुछ आउन थालेपछि शो राखेका हौँ । सोमवार सानो हलमा राखिएको शो लगभग हाउसफुल भईसकेको छ । मंगलबारदेखि ठुलो हलमा पनि रिलिज गर्दैछौँ । त्यस्तै, सिडिसि सिनेमाका सञ्चालक जीवन शाक्यले आफ्नो हलमा लगातार सफल रुपमा हल्कारा चलिरहेको बताए । उनले कहिलेकाहिँ दुई शो समेत चलिरहेको बताए ।

 

चलचित्रका निर्देशक विक्रम सापकोटाले ढिलै भएपनि दर्शकको रोजाईमा परेकोमा खुशी व्यक्त गरे । उनले भने, मैले सोचेको थिएँ प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकहरुको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन । तेश्रो हप्तामा आईपुग्दा भने नसोचेको भईरहेको छ ।अभिनेता महेश त्रिपाठीले ढिलै भएपनि दर्शकको चासो बढेकोमा दंग रहेको प्रतिक्रिया दिए ।

 

प्रदर्शनपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिवभलहरुमा अवार्डहरु हात परेको यो चलचित्रले समिक्षकहरुको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यस चलचित्र हल्कारामा महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ भने विनिता थापामगर,  प्रकाश दाहाल , स्व दिपक क्षेत्री , शारदा गिरी ,पशुपति राई लगाएतको अभिनय  रहेको छ ।
 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्