मृगौला पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकको आर्थिक सहयोग

पाेखरा | जेठ २, २०८०

मृगौला पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकको आर्थिक सहयोग

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक उरीकी मृगौला पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ । 


लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला पीडित लिनाका बुवा जगनप्रसाद गुरुङलाई आर्थिक सहयोग हस्तातरण गरेका हुन् । 


फाउण्डेशनका सस्थापक अमृत गुरुङले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरेर ६ लाख ४१ हजार २ सय ६० रुपैयाँ जगनप्रसाद गुरुङलाई आज (मंगलबार) काठमाडौं टिचिङ अस्पताल परिसरमा हस्तातरण गरेका हुन् । 


अन्नपूर्ण-११ घान्द्रुक उरीकी ८ वर्षीय लिना गुरुङलाई चैत १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा )मा स्वास्थ्य जाँच गर्दा स्वास्थ्यकमीले दुवै मृगौला फेल भएको जानकारी गराएपछि उपचारका लागि काठमाडौं लगिएको परिवारले जनाएको छ । 


लिना गुरुङले अहिले काठमाडौंको टिचिङ अस्पतालमा नियमित डायलासिस गरारहेकी छिन् । जगनप्रसाद गुरुङको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग संकलन गरेर हस्तातरण गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्