नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा
काठमाडाैं | बैशाख ११, २०८०
काठमाडौं: नेपाल एसिसी प्रिमियर कपमा साउदी अरेवियासँगको खेल वर्षाको कारण रद्ध भएसँगै सेमिफाइनलमा पुगेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
योसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा अंकबाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । खेल नुहने भएपछि दुबै टोली हात मिलाउँदै खेल रद्ध भएको जनाएका छन् ।
आजको खेलमा साउदी र नेपालले अंक बाँडेपछि समूह ए बाट कतार र मलेसिया औपचारिक रुपमा बाहिरिएका छन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । साउदी र ओमानबीचको उक्त खेल क्वाटरफाइनल सहर हुनेछ ।
नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ । नेपाल विजयी भएमा समूह विजेता बन्नेछ । पराजित भएमा भने समूह विजेता वा उपविजेता हुने अन्य टोलीको नतिजामा निर्भर रहनेछ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ एक खेल अगावै बाहिरिएको छ ।
मलेसियाले अन्तिम खेल कतारसँग मुलपानीमा मंगलबार खेल्नेछ । कतार दुबै खेलमा हारका साथ बाहिरिएको छ । साउदी र ओमानसँगको खेल वर्षाको कारण रद्ध भएमा भने ओमान सेमिफाइनलमा पुग्नेछ ।
समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । उता टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण सुरु हुन सकेको छैन । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।
यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । युएई हङकङसँग ६७ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने उच्च सम्भावना देखिन्छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

