चितवनमा स्थगित भएको मतदान पुन: सुरु

चितवन | बैशाख १०, २०८०

चितवनमा स्थगित भएको मतदान पुन: सुरु

चितवन:    चितवनको भरतपुर-११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुन: सुरु भएको छ । 


रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११:१५ मिनेटदेखि मतदान अवरुद्ध भएको थियो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । 


मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि सर्वदलीय सहमतिमा दिउँसो सवा ३ बजेदेखि पुन: मतदान सुरु भएको हो । यो मतदानस्थलमा यसअघि ४० प्रतिशत मत खसिसकेको छ ।


‘रास्वपाबाट मतदान भइरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो,’ दलहरुबीच भएको सहमतिमा उल्लेख छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ।


त्यस्तै, मतदानस्थलमा शान्ति सुरक्षा कायम गर्न तीन सय मिटर वरीपरी कुनै गतिविधि नगर्ने सहमति पनि भएको छ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...

थप पढ्नुहोस्

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

थप पढ्नुहोस्