गण्डकीमा माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि सत्तामै रहने एमालेको योजना

पाेखरा | चैत ११, २०७९

गण्डकीमा माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि सत्तामै रहने एमालेको योजना

नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएपछि नेकपा एमाले यहाँ कमजोर भएको छ  । 

 

माओवादी मन्त्रीहरु बाहिरिएपछि अब ठूलो दलको हिसाबले नेपाली कांग्रेस प्रदेशको सरकारमा दाबी गर्दैछ । सरकार धरापमा परेपछि बहिर्गमनको बाटो रोज्नुपर्ने भएपनि मुख्यमन्त्री खगराज अधिकारी हार मानिहाल्ने मुडमा छैनन् । 

 

मुख्यमन्त्री अधिकारी निकटकाअनुसार एमालेले अझैपनि माओवादीसँग सत्ता समीकरण गर्न चाहिरेको छ । निकटस्थ भन्छन् ‘अधिकारीको चाहना माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश सरकारमा रहनेछ ।’

 

उक्त योजनालाई मूर्तरुप दिन मुख्यमन्त्री अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादमा छन् । स्रोतका अनुसार माओवादीलाई मुख्यमन्त्री दिएर सत्ता टिकाउने एमालेको बलियो अस्त्र हो ।

 

‘माओवादी कांग्रेससँग मिले पनि पाउने भनेको हालकै पोर्टफोलियो हो’ स्रोत भन्छ ‘उसले कुनैपनि हालतमा मुख्यमन्त्री पाउँदैन, तर हाम्रो अफर माओवादीलाई झनै फाइदामूलक हुनेछ ।’

 

एमालेले यस्तो योजना बनाएपनि यसको निर्णय केन्द्रबाटै हुने बताइन्छ । यता माओवादीलाई भने एमालेको प्रस्ताव स्वीकार्न सहज छैन । प्रदेशसभाका एक सांसदले भने ‘जहाँसम्म एमालेले त्यस्तो प्रस्ताव नराख्ला तर राखेपनि यहीबाट निर्णय गर्ने सम्भावना छैन ।’

 

उनका अनुसार आगामी सरकारमा को–कहाँ हुने भन्ने निर्णय प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्र्णयमा निर्भर छ । 

 

यद्यपि, एमालेले मुख्यमन्त्री दिने प्रस्ताव भने माओवादीलाई लाभदायक हुने उनले उल्लेख गरे । 

 

एमालेको यो योजना सफल नभएपनि सत्ता छाडिहाल्नेतर्फ मुख्यमन्त्री अधिकारीले सोच बनाइसकेका छैनन् । ‘उहाँ अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा हुनुहुन्छ’ उनले भने ।

 

गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ । 

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...

थप पढ्नुहोस्

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्