चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवच: प्रदेश प्रमुख भट्ट
नवलपुर | असार २, २०८२
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ ।
एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोती ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘चुरे भावर र तराई मधेसमा करिब ६१ प्रतिशत मानिस बसोबास गर्ने भएकोले पानीको स्रोत नै चुरे क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘३७ जिल्लाका कूल भू–भागको झण्डै १३ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा चुरे क्षेत्र रहेको छ ।’
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ क्रियाशील राष्ट्रिय गौरवको आयोजना बताउँदै उहाँले नेपाल सरकारले २०७१ साल असार २ गते यस क्षेत्रका प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन तथा यहाँ हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण र नियमन गर्ने उद्देश्यले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको बताउनुभयो ।

नेपालको अन्न भण्डार तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्र बचाउन अपरिहार्य रहेको भन्दै उहाँले चुरे दिवसका अवसरमा चुरेको संरक्षण र सम्बद्र्धनतर्फ अग्रसर रहन हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सरकारले चुरे संरक्षणको २० वर्षे गुरुयोजना समेत स्वीकृत गरी सोहि अनुरुप चुरे क्षेत्रदेखि तराई मधेशसम्मका सरोकारवाला सबै निकाय र समुदायको सहभागितामा संरक्षणका विभिन्न कामहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उहाँको भनाई छ ।


नेपालको चुरे शृंखला हिमालय पर्वतमालाको दक्षिणमा अवस्थित पूर्वमा मेचीदेखि पश्चिम महाकाली नदीसम्म तन्किएको छ । जैविक विविधता र दुर्लभ बन्यजन्तुको वासस्थान रहेको चुरे क्षेत्र भौगर्भिकरूपमा भने कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण लगायतका कारण यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ ।





बाँके: जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...
काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

