स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

पाेखरा | असार २, २०८२

स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

पोखरा:  कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । 


एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए ।


टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए । 


पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ  । 


 प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरणअन्तर्गत स्याङ्जाले पारीको सुरूवात गर्दै तनहुँ विरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो । तर तनहुँ १५९ रनमा समेटिंदा २९ रनले बिजयी हुँदै स्याङजा फाइनलमा पुगेको हो । 


टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको स्याङ्जाको सुरुवात भने राम्रो भएन । ओपनर करण पंगेनी खाता नखोली दोस्रो बलमै पेवेलियन फर्किए । त्यसपछि ईश्वर क्षेत्री (२९ रन, २१ बलमा) र कप्तान सन्दीप क्षेत्री बीच दोस्रो विकेटका लागि सशक्त साझेदारी गरे ।  


मध्यक्रममा अंकित न्यौपानेले १८ बलमा ३७ रन बनाउँदै आक्रामक योगदान गरे । इनिङ्सको अन्त्यतिर प्रदीप पाण्डेले २ बलमा ८ रन बनाउँदै स्याङ्जाको स्कोरलाई १८८ सम्म पु¥याए ।  तनहुँका लागि बलिङमा चन्द्रकान्त पौडेलले ४ ओभरमा ३३ रन दिँदै २ विकेट लिए भने नरेश शाहीले पनि प्रभावशाली प्रदर्शन गर्दै २ विकेट लिए । कृष ऐयर र प्रदीप यादवले एक–एक विकेट लिए ।


यता जवाफी व्याटिङ गरेको तनहुँले १८९ रनको लक्ष्य पछ्याउँदै १९.३ ओभरमा सम्पूर्ण १० विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो । स्याङ्जाको उत्कृष्ट बलिङ प्रदर्शनका कारण तनहुँ २९ रनले पराजित हुन पुगेको हो । 


तनहुँका ओपनर दिपेश अधिकारीले आक्रमक सुरुआत गर्दै ८ बलमा १३ रन बनाए तर त्यसपछि विकेटको पतन रोक्न सकेन । क्रिश अयर शून्य रनमा आउट भए । समीर कंडेलले २९ बलमा ४० रनको योगदान दिए भने बंश क्षेत्रीले ६ चौका प्रहार गर्दै ४५ बलमा सर्वाधिक ५६ रन बनाए ।


व्याटरहरु मध्ये सौरभ कुशुवाहले ८ बलमा ११, नरेश शाहीले ११ बलमा ११ रन बनाए । तर अन्य खेलाडीहरू दोहोरो अंकमा पुग्न सकेनन् । 


स्याङ्जाको तर्फबाट अंकित न्यौपाने सबैभन्दा प्रभावशाली बलर बने । उनले ४ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । करण पंगेनीले ३ विकेट हात पारे भने सन्दीप खत्री क्षेत्रीले १ विकेट लिए । तुलसीराम भण्डारीले ६.५० को इकोनोमी रेटमा ४ ओभर बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई दबावमा राखे ।

 

भोली (मंगलबार)बाट समुह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछन् । जस मध्ये पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच हुनेछ । समुह बीको बिजेताले फाइनलमा स्याङजा संग प्रतिस्पर्धा गर्नेछ । 


पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।


प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
 

 

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्