पोखरा बहुमुखीको आँगनमा शिक्षा र गुणस्तरको बहस

पाेखरा | चैत ११, २०७९

पोखरा बहुमुखीको आँगनमा शिक्षा र गुणस्तरको बहस

पोखराको शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसमा जिल्लास्थित विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु भेला भई शैक्षिक बहसमा जुटेका छन् । 

 

क्याम्पसले आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा उन्नयन’ विषयक अन्तरक्रियाका प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाई कास्कीका अध्यक्ष नारायणप्रसाद सुवेदीले शैक्षिक बहसमा चलाइएको छलफल प्रभावकारी हुने बताए । 

 

‘शैक्षिक उन्नयनमा लाग्ने प्रबुद्ध वर्गसँग एकै थलोमा भेट भएको छ’ प्रमुख अतिथि सुवेदीले भने ‘अन्तरक्रियाबाट आउने निष्कर्षबाट आगामी दिनमा शैक्षिक उन्नयनप्रति आशावादी छु ।’ सुवेदीले शिक्षाको गुणस्तर सुधार्न र समायानुकुल ज्ञानमा वृद्धि गर्न विद्यालयले व्यावहारिक र समयसापेक्ष अध्यापन विधि प्रयोग गर्न सुझाए ।

 

हाल मुलुकमा अन्य क्षेत्रभन्दा शैक्षिक क्षेत्रमा ड्रपआउटको समस्या देखिएको हुँदा विद्यालय र सम्बन्धित निकाय दुबैले हातेमाले गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गरे । 

 

विद्यालय र शिक्षकहरुले दिएको योगदान अमूल्य रहेको चर्चा गर्दै पौडेलले आगामी दिनमा शिक्षाको गुणस्तर र उन्नयनमा इकाईकातर्फबाट गर्नुपर्ने सहयोगबारे अवगत गराउन ध्यानाकर्षण गरे । 

 

‘क्याम्पस परिवारले महत्वपूर्ण विषयमा छलफल चलाएको छ’ पौडेलले भने ‘क्याम्पस परिवार र उपस्थित सम्पूर्ण शिक्षाप्रेमीमा हार्दिक धन्यवाद ।’

 

अन्तरक्रियामा उपस्थित सहभागीले क्याम्पसले आयोजना गरेको कार्यक्रममार्फत जिल्लाभरका शिक्षकबीच भेटघाटमात्र नभई शैक्षिक समस्या र मुद्दाबारे विमर्श गर्ने अवसर प्राप्त भएको उल्लेख गरे । 

 

‘हामीबीच शैक्षिक छलफल त भयो नै’ रतन पाण्डे माविका प्रअ डिल्लीराम बरालले भने ‘शिक्षा विकासका प्रमुखज्यूलाई हाम्रा समस्या सुनाउने अवसर पनि प्राप्त भयो ।’

 

शैक्षिक उन्नयनकै विषयमा बोल्दै माछापुच्छ्रे मावि, भुर्जुङखोलाका प्रअ सन्तोष आचार्यले समसामयिक विषयमा अध्यापन गराउने शैली पुरानो भएको भन्दै शिक्षण विधिमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताए । 

 

उनले भने, ‘विद्यार्थीलाई सिकाउनुपूर्व स्वयं शिक्षकहरुले सिक्न जरुरी छ, अबको सिकाउने शैली र तरिका हिजोको भन्दा फरक भएको छ ।’

 

त्यस्तै, पछिल्लो समयमा कक्षा ११ देखि प्रायः विद्यालयमा ‘ड्रपआउट’ मुख्य समस्याकारुमा देखिएको अन्तरक्रियामा सहभागीहरुले जनाए । विद्यार्थी पलायन रोक्न विद्यालयको नभई राज्यकै नीतिमा परिवर्तन गर्नुपर्ने सहभागीको सामुहिक स्वर छ । 

 

क्याम्पसका सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचन विशेष अतिथि रहेको अन्तरक्रियामा ५५ जना सहभागिता रहेको छ । क्याम्पस प्रमुख शिशुकला पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण प्राध्यापक महेन्द्र रिमालले गरेका छन् । 

पोखरा:   पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी ...

थप पढ्नुहोस्

पोखरा: चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ ।  साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने &n...

थप पढ्नुहोस्

रामेछाप: रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटन...

थप पढ्नुहोस्