लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ: प्रदेश प्रमुख गुरुङ

पाेखरा | चैत ११, २०७९

लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ: प्रदेश प्रमुख गुरुङ

पोखरा:   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेका बताएका छन् । 


प्रदेश लोक सेवा आयोग गण्डकीको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले यस्तो धारणा राखेका हुन् । 


‘लोकसेवा आयोगमा जनताले विश्वास गरेका छन्, लोक सेवा र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ, गुरुङले भने, ‘अहिले अन्य क्षेत्र भन्दा लोक सेवा आयोगमा जनताले बढी विश्वास गरेका छन्, लोक सेवाले राम्रो काम गर्दै आएको छ ।’


उनले संघीयतालाई कार्यान्वयन गर्न संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आवश्यक रहेको समेत बताए । 


‘संघीयताप्रति केहीले विश्वास नभएको अभिव्यक्त गर्न थालेका छन्, संघीयता आवश्यक छ भनेर विश्वास दिलाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ, उनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई अधिकार नदिनु संघीयता विपरित हो ।’


प्रदेश प्रमुख गुरुङले संघले प्रदेश सरकारलाई अपाङ्ग बनाउँदा जनताले चाहे अनुसार काम गर्न नसकेको समेत बताए । 


यस्तै कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोक सेवाले निष्पक्ष कर्मचारी निर्माण गर्न सफल भएको बताए । 


‘लोकसेवामा राजनीतिको प्रभाव हुन्छ भन्ने नकारात्मक सन्देश आमजनतामा हुन सक्छ, अधिकारीले भने, ‘लोक सेवा राजनीतिक भागबन्दामा चल्दैन, निष्पक्ष तरिकाले लोक सेवा आयोग चलिरहेको छ ।’
गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले लोकसेवामा अहिले आर्कषण घटेको भन्दै चिन्ता व्यक्त गरे । 


‘लोक सेवाको तथ्याङ्क अनुसार महिलाको भन्दा पुरुषको तथ्याङ्कमा घटेको छ, समर्गमा महिलाको बढेपनि पुरुषको घटेको छ, गुरुङले भने, ‘वैदेशिक यात्रा र अन्य क्षेत्रमा आर्कषण बढेर जाँदा लोक सेवामा युवाहरुको आर्कषण घट्न थालेको छ ।’


उनले पछिल्लो समय आशा लाग्दो तथ्याङ्क नभएकाले यसमा अनुसन्धान गर्न आवश्यक रहेको कुलपति गुरुङले धारणा राखे । 


प्रदेश लोकसेवा आयोग गण्डकीको दोर्सो वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उच्च अदालत पोखराका न्यायधिस इन्द्रराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतले बोलेका थिए । 


कार्यक्रममा प्रदेश लोक सेवा आयोग गण्डकीमा कार्यरत कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित सम्मान गरेको थियो । 

पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल ९यूटीटी०ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले ह...

थप पढ्नुहोस्

मुस्ताङ:  नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भ...

थप पढ्नुहोस्