रासस गण्डकीको कार्यालयमा क्यामेरा चोरी गर्ने दुई प्रकाउ

पाेखरा | फागुन ८, २०७९

रासस गण्डकीको कार्यालयमा क्यामेरा चोरी गर्ने दुई प्रकाउ

पोखरा:    राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशको कार्यालयमा चोरीको प्रयास गर्ने दुई युवक प्रकाउ परेका छन् । 


पोखरा महानगरपालिका ९ नयाँबजारस्थित राससको कार्यालयमा चोरीको प्रयास गरेका पोखराका २ युवकलाई प्रकाउ गरिएको वडा कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोशीले जानकारी दिए । 

 

‘शनिबार पोखरा रंगशालामा म्याराथन शुरु हुन लागेको थियो, रासस कार्यालयबाट बिहान ६ बजे चोरी भएको खवर आयो, प्रहरी उपरीक्षक जोशीले भने, ‘घटनाको उजुरीपछि अनुसन्धान गर्दै जाँदा २ जनालाई प्रकाउ गरेर अनुसन्धान अगाडी बढाएका छौं।’ 


प्रहरी उपरिक्षक जोशीका अनुसार कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई नियन्त्रणमा लिएको हो । 


जोशीका अनुसार प्रकाउ परेका दास तीन पटक प्रकाउ परेर छुटेको देखिन आएको छ । ‘पहिलो पटक चोरी गरेको अभियोगमा प्रकाउ परेका दासलाई बालसुधार गृहमा पठाईको हो, जोशीले भने, ‘बालसुधारबाट आएपछि पटकपटक चोरीमा संग्लन भएको पाएका छौं ।’


प्रहरीका अनुसार राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयबाट चोरी भएको क्यामेरा सहित प्रकाउ परेका दुई युवकलाई चोरी तथा डाँका कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । 


सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन । शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो । 

काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...

थप पढ्नुहोस्

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्...

थप पढ्नुहोस्