रासस गण्डकीको कार्यालयमा क्यामेरा चोरी गर्ने दुई प्रकाउ

पाेखरा | फागुन ८, २०७९

रासस गण्डकीको कार्यालयमा क्यामेरा चोरी गर्ने दुई प्रकाउ

पोखरा:    राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशको कार्यालयमा चोरीको प्रयास गर्ने दुई युवक प्रकाउ परेका छन् । 


पोखरा महानगरपालिका ९ नयाँबजारस्थित राससको कार्यालयमा चोरीको प्रयास गरेका पोखराका २ युवकलाई प्रकाउ गरिएको वडा कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोशीले जानकारी दिए । 

 

‘शनिबार पोखरा रंगशालामा म्याराथन शुरु हुन लागेको थियो, रासस कार्यालयबाट बिहान ६ बजे चोरी भएको खवर आयो, प्रहरी उपरीक्षक जोशीले भने, ‘घटनाको उजुरीपछि अनुसन्धान गर्दै जाँदा २ जनालाई प्रकाउ गरेर अनुसन्धान अगाडी बढाएका छौं।’ 


प्रहरी उपरिक्षक जोशीका अनुसार कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई नियन्त्रणमा लिएको हो । 


जोशीका अनुसार प्रकाउ परेका दास तीन पटक प्रकाउ परेर छुटेको देखिन आएको छ । ‘पहिलो पटक चोरी गरेको अभियोगमा प्रकाउ परेका दासलाई बालसुधार गृहमा पठाईको हो, जोशीले भने, ‘बालसुधारबाट आएपछि पटकपटक चोरीमा संग्लन भएको पाएका छौं ।’


प्रहरीका अनुसार राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयबाट चोरी भएको क्यामेरा सहित प्रकाउ परेका दुई युवकलाई चोरी तथा डाँका कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । 


सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन । शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्