पोखरा आउँदै गरेको बस दुर्घटना
पाेखरा | फागुन ३, २०७९
पोखरा: मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकमा दुर्घटना भएको छ। जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा।लि।को बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन्। अन्य यात्रु भने सामान्य घाइते छन्। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरीक्षक ९डीएसपी०रविन्द्रनाथ पौडेलले जानकारी दिए।
गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा ल्याइदै छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) पोडेलले जानकारी दिए।
बस दुर्घटनाको सूचना भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनाम स्थलमा पुगेर उद्दारमा खटिएको थियो।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ। सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्...
काठमाडौं: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भ...

