बिटी कप: बुधबारदेखि प्रिक्वाटरका खेल

पाेखरा | माघ २४, २०७९

बिटी कप: बुधबारदेखि प्रिक्वाटरका खेल

पोखरा:   पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) पहिलो चरणका खेल सम्पन्न भएका छन् । 


पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (मंगलबार) भएको पहिलो खेलमा गार्डेन एफसीले दिव्यज्योती क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा सागर गुरुङ र प्रनिश गुरुङले समान १/१ गोलको योगदान दिए । भने दिव्यज्योतीको लागि राजन थापाले सान्त्वना १ गोल फर्काए ।


यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा युडिटीसिएल एफसीलाई एनएमसिवाईले १–० गोल अन्तरले हरायो । एनएमसिवाईको जितमा सुजन गुरुङले निर्णायक १ गोल गरे ।


तेस्रो खेलमा सुनगाभा क्लबको अनुपस्थितिमा काउवेज ग्याङले वाकओभरमार्फत विजयी हासिल गर्याे ।


चौथो खेलमा घाचोकक्लबलाई सागर एफसीले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा सागर एफसी प्रवेश गर्याे । सागर एफसीको जितमा महेन्द्र गुरुङले निर्णायक गोल गरे ।


पाँचौ खेलमा नयाँगल्ली एफसीलाई लाँलीगुँरास क्लब धम्पुले ४–१ गोल अन्तरले सहजै जित निकाल्यो । धम्पुसको जीतमा साजन मगरले २ गोल र दिपेश क्षेत्री र समिर परियारले समान १/१ गोलको योगदाद दिए भने नयाँगल्लीको लागि निश्चल गुरुङले सान्त्वना १ गोल फर्काए । 


छैटौं खेलमा उद्धब एफसीले टुडिखेल एफसीलाई २–० गोल अन्तरले पाखा लगायो र उद्धबको जितमा सन्देश भुजेल र सबिन मगरले समान १/१ गोलको योगदान दिए ।


सातौ खेलमा हरिचोक युनाइटेड क्लबले पोखरा म्युजिकल हाउसलाई १–० गोल अन्तरले पराजित गर्याे ।


हरिचोक युनाइटेको जितमा छबिन्द्र गुरुङले निर्णायक गोल गरे ।


आज भएको अन्तिम खेलमा लामागाँउ एफसीले पिएन क्याम्पसमाथी ५–० गोल अन्तरले जित निकाल्यो ।


खेल संयोजक गुरुङका अनुसार बुधबारदेखि प्रिक्वाटरका ८ खेल हुनेछन् ।


आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।


यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।


अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।


प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको  छ ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्