मुख्यमन्त्री जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त
काठमाडाैं | माघ १७, २०७९
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक देवीप्रसाद (डीपी) ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको छ ।
मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले राज्यमन्त्री सरहको सुविधासहित उहाँलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिएको बागमती प्रदेशका सदस्य देवन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो ।
माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्री हुँदा उहाँसँग स्वकीय सचिव रही मन्त्रालय हाकेको अनुभव समेत छ ।
अखिल (क्रान्तिकारी)को नेतृत्व गर्नुभएका ढकाल जेलजीवन बिताउन बाध्य हुनुभएको थियो । भक्तपुर जिल्लाको विकाशमा टेवा पुग्ने विश्वास लिइएको छ।
उहाँलाई नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले सिफारिस गरेको अर्का बागमती प्रदेश सदस्य सरल सहयात्रीले जानकारी दिनुभयो ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

