अन्तर्राष्ट्रिय टेबलटेनिस: नेपाल प्रहरीलाई स्वर्ण

काठमाडाैं | माघ १७, २०७९

अन्तर्राष्ट्रिय टेबलटेनिस: नेपाल प्रहरीलाई स्वर्ण

काठमाडौं:  नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गरेको छ । 

 

डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६, ११–९ को सोझो सेटमा पराजित गरेको छ । सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५, ११–८ ले हराउनुभयो । अर्को सिंगल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४, ११–७ ले पाखा लगाउनुभयो । 

 

ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो हुनुभयो । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५, ११–४ को सोझो सेटमा पन्छाउनुभयो । लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेस्रो हुनुभयो । 

 

प्रतियोगितामा विभिन्न ७ स्पर्धामा दुई सय पुरुष र ५६ महिलासहित दुई सय ५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन् ।

 

सिंगल्स र टिममा शीर्षतीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

काठमाडौं:   इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी 'ए' को उपाधि जितेको छ ।    चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर २० औं पटक लिग च्याम्पियन बन...

थप पढ्नुहोस्

एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।    ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएक...

थप पढ्नुहोस्

काठमाडौँ:  आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ ।   अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज (मंगलबार) थप २...

थप पढ्नुहोस्