वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी एसियन यू-२२ रजत विजेता सुष्मा छनोट
काठमाडाैं | माघ १७, २०७९
काठमाडौं: थाइल्याण्ड भएको एएसबीसी एसियन यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन् ।
नेपाल बक्सिङ संघले मंगलबार विज्ञप्ती जारी गर्दै ऐतिहासिक मेडल जितेको अवार्ड स्वरुप उनलाई सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट गराउने जनाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा यही माघ २४ देखि २६ गतेसम्म विभिन्न तौल समूहमा छनोट प्रतियोगिता गराउने जनाएको थियो ।
‘नेपाल बक्सिङ संघको निर्णय अनुसार ४८ किलो तौल समूहमा एसियन यू–२२ मा रजत पदक जितेको हुनाले अवार्ड स्वरुप सुष्मा तामाङलाई छनौट गरी सिधै वर्ड च्यम्पियनसिप प्रतियोगितामा सहभागी गराउने निर्णय गर्दै थप ५४ किलो तौल समूहको पनि छनौट गर्ने निर्णय भएको जानकारी गराउदछौं’, बक्सिङ संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सुष्माले थाइल्याण्डको बैंककमा भएको यू–२२ च्याम्पियन्सिमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेकी थिइन् । तर फाइनलमा भने उनी उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गरेकी थिइन् ।
एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

