पब्जी विश्वकपमा नेपाल उपविजेता
काठमाडाैं | पुस २५, २०७९
काठमाडौंः नेपाली टाली पब्जी विश्वकपमा दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भएको थियो ।
नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८ अङ्कसहित दोस्रो भएको हो । टर्कीको एसटुजी ई स्पोर्ट्सले एक सय ९० अङ्कका साथ च्याम्पियन बन्यो । नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) एक सय १२ अङ्कसाथ १३औं स्थानमा रहन सफल भयो ।
उपविजेता नेपालले दुई लाख ९२ हजार अमेरिकी डलर ९तीन करोड ८६ लाख नेपाली रुपियाँ० पुरस्कार पाएको छ । विजेता टर्कीले पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो । १३औं स्थानमा रहेको नेपालको टि २ केले पनि एक लाख ३२ हजार पाँच सय अमरिकी डलर प्राप्त गरेको छ ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को रुपमा सञ्चालित यस विश्वकपमा चीन र ब्राजिलको तीन तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको दुई दुई तथा मलेसिया र इन्डोनेसियाको एक एक टोलीले भाग लिएका थिए ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

