भारतीय व्यापार मेलामा सहभागी आभुषण महासंघको टोली स्वदेश फिर्ता

पाेखरा | पुस २५, २०७९

भारतीय व्यापार मेलामा सहभागी आभुषण महासंघको टोली स्वदेश फिर्ता

पोखराः   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको टोलि भारत भ्रमणपछि स्वदेश फर्केको छ । 


भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको तत्वावधानमा आयोजित ‘ १५ औं सिग्रेचर भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’मा सहभागि भएर विशिष्ट सदस्य कृष्ण लाल महर्जनको नेतृत्वमा महासचिव किसान सुनारसहित ६जनाको टोली स्वदेश फिर्ता भएको हो ।  १५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो ( IIJS Signature – 2023) पुस २१ गतेदेखि सञ्चालन भएको थियो । 


१५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो सहभागी हुने क्रममा प्रतिनिधिमण्डलले काउन्सीसलका वर्तमान अध्यक्ष विपुल शाह र अन्य पदाधिकारीहरुसँग भेटवार्ता गर्दै नेपाल– भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै दुई संस्थाबीच भएको सहमति अनुरुप सहकार्यलाई अझ थप प्रगतिमूलक गतिविधि सहित अगाडी बढाउनसमेत आग्रह गरेको छ । 


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले काउन्सिलको संयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोन्नतिको लागि विभिन्न तालिम संचालन गर्न सहमति एवं प्रतिवद्धता जनाएको बताए । 


‘नेपालमा नै जेम ल्याव स्थापना गरी नेपालमा पाइने बहुमुल्य तथा अर्धबहुमुल्य रत्न, पत्थर आदिको प्रवद्र्धन तथा निर्यात गर्न दुई पक्षिय छलफल भएको छ, सुनारले भने, ‘महासंघ र काउन्सीलको सयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोउन्नती गर्न तालिम संचालन गर्न  काउन्सिलले प्रतिवद्धता जनाएको छ ।’


मुम्बई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण समेत गरेको थियो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्