मलेसियामा २ नेपालीको अनुहारमा ह्याम्मरले हानेर हत्या, अभियुक्त नेपाली भएको ठहर

पाेखरा | मंसिर २२, २०७९

मलेसियामा २ नेपालीको अनुहारमा ह्याम्मरले हानेर हत्या, अभियुक्त नेपाली भएको ठहर तस्विर स्रोतः बर्नामा पिक

एजेन्सीः मलेसियाको सेरेम्बानस्थित ओकल्याण्ड कमर्सियल सेन्टर नजिक २ नेपाली सुरक्षागार्ड मारिएका छन् । उनीहरुको अनुहारमा ह्याम्मरले हानेर हत्या गरिएको मलेसियाको स्टार न्यूजले जनाएको छ । 

 

उक्त घटना ४ दिन अघिको भएको सेरेम्बान प्रहरी डिपार्टमेन्टले उल्लेख गरेको छ । शवसँगै अर्का एक नेपाली ह्याम्मरसँगै पनि नशामा धुत्त भेटिएका हुनाले नेपाली नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
 

 

मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन।

 

प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले मृतककाे उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ।

 

प्रहरीले अभियुक्तलाई दण्ड संहिताको दफा ३०२ अनुसार कार्वाही सुरु गरिएको छ । 

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ ।                       &...

थप पढ्नुहोस्

पोखरा:   पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

थप पढ्नुहोस्