२४ औं पोखरा सडक महोत्सवको तयारी तिव्र, ‘अंग्रेजी नयाँ वर्षको गन्तव्य पोखरा’
सडकमै खाना, झाँकी प्रदर्शनदेखि खेलकुदसम्म
पाेखरा | मंसिर २२, २०७९
पोखराः पोखरालाई प्राकृतिक र सांस्कृतिक रुपमा धनी शहरको रुपमा चिनिन्छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरा महानगर लागि परिरहेको छ ।
पोखरामा दैनिक हजारौंको सङ्ख्यामा आन्तरिकदेखि बाह्य पर्यटकको घुँइचो छ । सूर्योदयसँगै पोखराको धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा आन्तरिक पर्यटकको घुँइचो नै लाग्छ । बिहान, दिउँसो साँझ पोखराको लेकसाइड क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल बढ्दो छ ।
अंग्रेजी नयाँ वर्ष सुरु हुन करिब तीन साता मात्र बाँकी छ । अंग्रजी नयाँवर्षलाई पोखरामा छुुट्टै तरिकाले स्वागत गरिदै आएको छ । पोखरामा विभिन्न देशबाट आउने विदेशी पर्यटकलाई अंग्रेजी वर्षमा कुनै खल्लो महसुस हुन नदिन वर्षेनी रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)ले ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्दै आएको छ ।
यतिबेला रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)ले लेकसाइडमा आयोजना हुने २४ औं पोखरा सडक महोत्सवको तयारी तिव्र पारिएको छ ।
रेवानले बुधबार पत्रकार सम्मेलन गर्दै अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा विकास गर्न आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले सडक महोत्सव आयोजना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए ।
‘सडकमै खाउ,सडकमै रमाउँ, पोखरा सडक महोत्सवको मुख्य नारा हो, पोखराको पर्यटन प्रवद्र्धनमा बेग्लै पहिचान स्थापित गरेको छ, भट्टराईले भने, ‘राजनैतिक अस्थिरता, नाकाबन्दी, कोरोना महामारी लगायतको समस्याले व्यवसायीलाई धारायसी बनाएको छ । धारासयी भएको व्यवसायले सडक महोत्सवले केही राहत पैदा गर्नेछ ।’
उनले पोखरा सडक महोत्सव पुष १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताए । ‘पुष १३ देखि १७ सम्म पोखराको लेकसाइडमा करिब ३ किलोमितर क्षेत्रमा महोत्सव हुदैछ, ५ दिनसम्म सञ्चालन हुने मेलामा फिस्टेल, गेटदेखि खहरे चोक हुँदै जरेबरसम्म हुनेछ ।’ उनले भने ।
महोत्सवले पर्यटन प्रवद्र्धन, तथा आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउने उद्धेश्यले आयोजना गरिएको रेष्टुरेयट बार एशोसिएशन (रेवान) पोखराले जनाएको छ । महोत्सवले पोखराको लेकसाइडको मात्र नभएर समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य लिएको छ ।
५ दिनसम्म सञ्चालन हुने महोत्सवमा ८५ लाख कारोबार हुने भई १० लाख बचत हुने र करिव ४ देखि ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ भने, महोत्सवको अवसरमा होटल संघले रुममा २० प्रतिशत छुट दिने बताइएको छ ।
सडकमै खाना, झाँकी प्रदर्शनदेखि खेलकुदसम्म
महोत्सवलाई थप आर्कषित बनाउन रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान)ले सडकमै खाउ, सडकमै रमाउँ नारासहित विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा (बोट) रेस, खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वारसहित पोखराको मुख्य प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
काठमाडौँ: कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...
नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...