मलेसियामा २ नेपालीको अनुहारमा ह्याम्मरले हानेर हत्या, अभियुक्त नेपाली भएको ठहर
पाेखरा | मंसिर २२, २०७९
तस्विर स्रोतः बर्नामा पिक
एजेन्सीः मलेसियाको सेरेम्बानस्थित ओकल्याण्ड कमर्सियल सेन्टर नजिक २ नेपाली सुरक्षागार्ड मारिएका छन् । उनीहरुको अनुहारमा ह्याम्मरले हानेर हत्या गरिएको मलेसियाको स्टार न्यूजले जनाएको छ ।
उक्त घटना ४ दिन अघिको भएको सेरेम्बान प्रहरी डिपार्टमेन्टले उल्लेख गरेको छ । शवसँगै अर्का एक नेपाली ह्याम्मरसँगै पनि नशामा धुत्त भेटिएका हुनाले नेपाली नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन।
प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले मृतककाे उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ।
प्रहरीले अभियुक्तलाई दण्ड संहिताको दफा ३०२ अनुसार कार्वाही सुरु गरिएको छ ।
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवक...

