तनहुँको दगममा फोनिजको अन्तरक्रिया

तनहुँ | मंसिर १६, २०७९

तनहुँको दगममा फोनिजको अन्तरक्रिया

तनहुँ​:   नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको हो ।

 

सो कार्यक्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले शुक्लागण्डकी २ मा पर्यटनको प्रचर सम्भावना रहेको बताए । 
उनले विभिन्न स्थानको होमस्टेमा अवलोकनका लागि पुगेको बताउदै दगम गाउँको अत्याधिक सम्भावना रहेको धारणा राखे ।  ‘यो गाउँ पर्यटनको एकदमै सम्भावना रहेको ठाउँ रहेछ, उनले भने, ‘प्रकृतिसँग संस्कृतिमा पनि अगाडि रहेको पाए त्यसैले यो गाउँको  प्रवद्र्धन गर्न अति आवश्यक छ ।’

 

उनले दगमको विकासका लागि सडकखण्डले प्रभाव पारेको बताए । ‘दगममा आउँन बाटो भएपनि कच्ची भएकाले केही असहज भएको पाए । खानेपानी र बाटोको समस्यालाई हल गर्न सकेको खण्डमा आन्तरिक मात्रै नभएर बाह्य पर्यटक पनि सहजै भित्रन सक्छ ।’

 

उनले दगम होमस्टे पोखरादेखि नजिकै रहेकाले प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गरे । उनले उक्त गाउँको पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेसमेत जनाएका थिए ।
 

 

यसैगरि शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।
 

यसैगरि फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले ग्रामिण पर्यटन विकासका लागि कार्यक्रमहरु सम्बन्धित गाउँमै पुगेर गर्दै आएको बताए । 

 

उनले पत्रकारहरुको सुचना तथा समाचारकै कारण ओझेलमा परेको पर्यटकीय गाउँहरुको प्रवद्र्धनमा सघाउ पुर्याउदै आएको उल्लेख गरे । ‘हामीले दगममा आउनुभन्दा पहिले तनहुँकै आदीमुल, मिछुर्लुङ, राइपुर, कास्कीको रुपा गाउँपालिका र बागलुङको ढोरपाटनमा यही सवालको कार्यक्रम आयोजना गरिसकेका छौं, उनले भने, ‘पत्रकारहरुको लेख, रचना र प्रचारप्रसारले ग्रामिण पर्यटनको विकासमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो । र केही रुपमा हामी सफल भइसकेका छौं । त्यसैले हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौ ।’

 

सो कार्यक्रममा स्थानीय अगुवा नन्द थापामगर, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्याय लगायतले बोलेका थिए ।
 

फोनिजले पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रमसँगै सोही स्थानमा हिजो (बिहिबार) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरेको थियो । सो कार्यक्रममा अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिएका थिए ।
 

फोजिन गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्