धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढी | मंसिर १६, २०७९

धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढीः   धनगढीमा ग्रेडरको ठक्करबाट साथीको ज्यान गएपछि विद्यार्थीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।


आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय धनगढीले घटनास्थल आसपासको क्षेत्रमा हिजो बिहीवारदेखि नै निषेधाज्ञा लागू गरेको छ । विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरबितर भएका छन् । प्रदर्शनमा सहभागी २१ जना विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।


धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट हिजो ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका हुन् । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्